×

ऋतिक र निशनको जोडीलाई उपाधि

images

काठमाडौं । ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन् । फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६-१ र ६-३ ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो । यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन् । फाइनलमा साराले थिया श्रेष्ठलाई १०-२ र १०-५ ले पराजित गरिन् ।

यू-१० को ब्वाइजतर्फ सुजन कुइकेल र गर्ल्समा साल्भी शेरचनले उपाधि हात पारे । सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६-१ र ६-० ले तथा साल्भीले मेरिशा थापालाई ६-० र ६-१ ले पराजित गरिन् । यू-१२ गर्ल्सको उपाधि शिभाली गुरुङले जितेकी छिन् । शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३-६,६-३ र ६-४ ले  हराइन ।

प्रतियोगिता अन्तर्गत नै यू-८ ब्वाइजमा आर्यश राज पौडेल र सभ्य जङ कार्कीले फाइनलमा स्थान पक्का गरेका छन् । यू-९ ब्वाइजमा सुजन कुइकेल र आर्यश राज पौडेलले फाइनलको यात्रा तय गरेका छन् । यू-९ गर्ल्सको उपाधि भिडन्तमा जेनिशा ज्ञवाली र अनुश्री धोजु भिड्ने छन् ।

यू-१२ ब्वाइजको फाइनलमा असभ सम्राट हाडा र बृजेश अग्रवालले स्थान पक्का गरेका छन् । यू-१४ को ब्वाइजको फाइनलमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्ने छन् ।    यू-१४ गर्ल्सको उपाधि भिडन्तमा सुनीरा थापा र शिभाली गुरुङले खेल्ने छन् ।

सोमबार २१ कात्तिक २०७९ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया