×

तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना : तीन जनाको मृत्यु

images

काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए ।

स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए  । दास एस सलाम शहरबाट बुकोबा जादै गरेका विमान आँधी र भारी वर्षाका कारणले दुर्घटना परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रेसिजन एयरको उडानमा ४३ जना सवार रहेका थिए, जसमध्ये २६ जनाको उद्धार गरिएको छ । विमानका चालक दलका सदस्यसहित १७ जना अझै वेपत्ता छन् । दुर्घटनामा परी कम्तिमा ३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको तान्जानियाका अधिकारीहरुले बताएका छन् ।  

सोमबार २१ कात्तिक २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया