काठमाडौं । नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः चयन भएका छन् । शुक्रवार भएको सोसाइटीको साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिएका हुन ।
सदस्यहरुमा चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन भएका हुन।
प्रतिक्रिया