×

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिने

images

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिनु हुने भएकाे छ । 

प्रधानमन्त्री जाेनसनले आज पार्टीकाे नेताबाट राजीनामा दिने र आउँदाे शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएकाे छ । ‘प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बोधन गर्नुहुनेछ’, बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक जना प्रवक्ताले भने ।

यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बीबीसीले जनाएकाे छ ।

पछिल्लाे दुई दिनमा मन्त्रिपरिषद्का कैयाैँ मन्त्रीले राजीनामा दिएका छन् र केही सांसद पनि उहाँका विरुद्ध छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री जाेनसन दबाबमा पर्नुभएको छ । 

बिहीबार २३ असार २०७९ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया