देश भारतीय गुलामहरुले चलाईरहेका छन, सांसदहरु सबै जना मरेका लाश- मेयर बालेन्द्र शाह

    images

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको बताएका छन् । 

    उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् ।

    हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति विवादमा परेको छ ।

    सो सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन् । उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाएका छन् । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

    उनले फेशबुकमा लेखेका छन्-

    हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,

    दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।

    भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ?

    र म मात्र अदालतको अबहेलनामा ?

    सबै जना मरेका लाशहरु हुन ?

     

     

     

     

    शुक्रबार​ २२ असार २०८० ०६:५३ AM मा प्रकाशित

    प्रतिक्रिया