ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्ष माधवकुमार नेपालको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्छ : प्रेम आले

    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् वा आफ्नै अध्यक्ष माधवकुमार नेपाल दोषी पाईए अपराधीहरूलाई कठधरामा जाख्नुपर्ने बताएका हुन्।

    आज (शुक्रबार) काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त मुद्दामा मुछिएकाहरु दोषी पाइए कारबाही गरिनुपर्ने बताएका हुन्।

    उनले भने, ‘फाईलहरु खोल्नुपर्छ। अपराधीहरुलाई कठघरामा हाल्नुपर्छ, जाक्नुपर्छ। उहाँ (माधव नेपाल) को कुरा उठेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलको कुरा उठेको छ। भाटभटेनीको सञ्चालकलाई समातिसकेको अवस्था छ।

    जोसुकै होस्, दुधको दुध पानीको पानी हुनुपर्छ। सरकारको विरुद्धमा मुर्दावाद भनेर हामी रोडमा आउँदैनौं। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई पनि कारबाही हुनुपर्छ। म दोषी छु भने मलाई पनि कारबाही गर्नुपर्छ।’

    शुक्रबार​ २२ असार २०८० ०८:२६ PM मा प्रकाशित

    प्रतिक्रिया