×

बेलायतमा गर्भवती महिलाले धुम्रपान छाडे ६० हजार दिने

images

बेलायतमा धुमपानको दर घटाउनका लागि एक शहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको छ । जसमा धुमपान छाड्ने एक व्यक्तिलाई करिब ३२ हजार रुपैयाँ नगद दिने व्यवस्था गरिएको छ । 

साथै गर्भवती महिलाका लागि योजना अनुरुप दोब्बर नगद दिने व्यवस्था रहेको छ । बेलायतको चेसायर शहरमा लामो समयदेखि धुमपानको दर नघटेका कारण यस्तो योजना ल्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

धुमपानको बढ्दो आकडालाई नियन्त्रण गर्न चेसायर शहरका गर्भवती महिलालाई पनि यो योजनामा समावेश गरिएको छ । योजना अनुसार धुमपान छाड्ने एक व्यक्तिलाई ३२ हजार नगद रुपैयाँ र गर्भवती महिलाले धुमपान छोडे त्यसको दोब्बर ६४ हजार नगद रुपैयाँ दिने व्यवस्था गरिएको छ । यदि यो योजना प्रभावकारी साबित भए देशका अन्य शहरमा पनि लागू गरिने छ ।

मङ्गलबार २४ जेठ २०७९ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया