×

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक बानेश्वरबाट पक्राउ

images

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लियका थिय।  पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

आइतबार​ २४ बैशाख २०८० ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया