×

१० जना यात्रुसहित सेनाको हेलिकप्टर बेपत्ता

images

काठमाडौं । जापानमा १० जना यात्रुसहित बेपत्ता भएको सेनाको हेलिकप्टर ओकिनावा प्रान्तको समुन्द्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

खोजी तथा उद्धार कार्यका क्रममा हेलिकप्टरका पार्टपुर्जा हुन सक्ने केही वस्तु तैरिरहेको अवस्थामा भेटिएको जापानी अधिकारीको भनाई छ ।

‘ब्ल्याक हक’ भनेर चिनिने ‘यु।एच– सिक्स्टी’ हेलिकप्टर बिहीबार मियाको टापु नजिकै सम्पर्कबिहिन भएको थियो ।

जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको उक्त हेलिकप्टरले समुद्रमाथि सर्वेक्षण गरिरहेको अवस्थामा सम्पर्कबिहिन भएको हो ।

क्योडो न्यूजका अनुसार जापानको कोस्ट गार्डले हेलीकप्टरका केही भग्नावशेष तथा समुद्रमा तैरिरहेको केही तेल देखेका छन् । हेलीकप्टरका यात्रुहरुको अवस्थाबारे केही जनाईएको छैन । एजेन्सी

शुक्रबार​ २४ चैत २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया