काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रमजान महिना विशेष महत्त्व भएकाले सबैलाई धार्मिक कार्यमा लाग्न आग्रह गरेका छन् ।
रमजान रोजाको १३ औँ दिनको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रमजान इस्लामिक पात्रो अन्तर्गतको ९ औँ महिना भएको र महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रूपमा मानाईने बताए ।
उनले भने, ‘रमजान इस्लामिक पात्रो अन्तर्गतको ९ औँ महिना हो । रमजान महिनाभरि नै रोजा (ब्रत) राखिन्छ । २०७९ चैत ९ गते साँझबाट प्रारम्भ भएको छ भने चैत १० गते देखि दिभरि ब्रत बसेर रोजा राख्ने गरिएको छ । यो एक महिनाभरि रोजा राख्ने गरिन्छ । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रूपमा मानाईने गरिन्छ । गरिब दुखीहरूलाई दिने गरिन्छ । ’
नेपालका अल्पसङ्ख्यक इस्लाम धर्मावलम्बीहरूको रमजानको अवसरमा काठमाडौंको जामे मस्जिदमा विशेष रोजा (ब्रत) बसेका छन् । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।
यो महिनाभरि रोजा बस्नुका साथै उनीहरूले आफ्नो बचतको साढे दुई प्रतिशत अनिवार्य दान गर्नुपर्ने चलन पनि छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
प्रतिक्रिया