काठमाडौं । सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक , पर्यटन तथा व्यापार महोत्सव आजदेखि सुरु भएको छ ।
बिहीबार भक्तपुरको सल्लाघारीमा सुरु भएको महोत्सवको कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदु राम भुसालले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै उनले महोत्सवमा कृषि योग्य सामाग्रीहरू राख्न आग्रह गरेका छन् । नेपाल कृषिमा पछाडि परेको र त्यसलाई प्राथमिकतामा राख्दै महोत्सवहरूमा कृषि योग्य सामाग्रीहरू पनि राख्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘कृषि उत्पादनमा हामी निकै नै पछाडि परेका छौं । महोत्सवमा कृषि सामग्री लाई प्राथमिकता दिन आयोजक कमिटीलाई आग्रह गर्दछु । यो महोत्सवमा नराखे पनि अर्को वर्ष राख्नुहोला ।’
आज बिहिबार अर्थात २३ गते बाट सुरु भएको महोत्सव २०८० साल बैशाख ३ गतेसम्म चल्ने संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा रोटेपिङ्ग , मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ ।
भक्तपुरको सल्लाघारीस्थित भएको महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् । जहाँ दैनिक उपभोग्य सामाग्रीहरू देखि लिएर हस्तकलाका सामाग्रीहरू, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू रहेका छन् ।
प्रतिक्रिया