एसईई परीक्षामा आफ्नो सट्टा ज्वाइँलाई परीक्षा दिन पठाउने नगरप्रमुख फरार

    images

    काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानु फरार भएका छन् । उनी आफ्नो सट्टामा ज्वाइँलाई एसईई परीक्षा दिन पठाएर विवादमा तानिएका थिए ।

    उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको थाहा पाएलगत्तै उनी फरार भएका हुन् ।

    उनी लगायत पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनले एसईई परीक्षामा नाताले ज्वाइँ पर्ने कमल साहलाई सट्टामा पठाएका थिए ।

    साह सोही दिन पक्राउ परेका थिए । उनको बयानका आधारमा मेयर साह लगायत पाँच जनाको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

    शुक्रबार​ २४ चैत २०७९ ०८:२५ PM मा प्रकाशित

    प्रतिक्रिया