×

महामन्जुश्री को मुर्ति अनावरण

images

भक्तपुर- भक्तपुर को चांगु नारायण नगर पालिका वडा नं ८ सुडाल स्थित महामन्जुश्री गुर-ता-फू गुम्बा, थाकलमाठ ल्हासापाक्व पोखरीको विचमा महामन्जुश्री को मुर्ति अनावरण गरिएको छ।  विशिष्ट अतिथि बागमती प्रदेश का उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री श्रीमती रजनी जोंछेज्यूले एक विशेष समारोहमा महामन्जुश्री को मुर्ति अनावरण गर्नु भयको थियो ।  सोही कार्यक्रममा श्रद्धेय गुरू धर्मधर नारायण प्रसाद रिजालज्यू ले उपस्थित विशिष्ट अतिथि राज्य मन्त्री श्रीमती रजनी जोंछे, अतिथिहरू तथा श्रद्धालु भक्तजनहरूको उपस्थिति मा महामन्जुश्री को वारेमा धर्म देशना गर्नु भयो ।

त्यसै कार्यक्रम को सिलसिलामा बिहान भत्केकोपाटी भक्तपुरमा शान्तिको लागि एसियाली बौद्ध संस्था नेपाल आनन्दकुटी विहार स्वयम्भू, व्योम कुशुमा बुद्धधर्म संघ बिशाल नगर, बौद्ध शैक्षिक संस्था ( प्रतिष्ठान), धम्मसाकछा संस्था हखा पाटन, पद्म वर्ण महायान विहार ज्याठावहाल पाटन तथा मानन्धर व्यायाम मन्दिर साकोलान भक्तपुर आदि बुद्धिस्ट संघ / संस्थाका सहभागीहरू ले राज्यमन्त्री श्रीमती जोंछेज्यू  वाट शान्ति दीप लिएर भत्केको पाटी भक्तपुर देखि चांगुनारायण नगर पालिका वडा नं ८ सुडाल स्थित महामन्जुश्री गुम्बा सम्म ( ७ किमी)श्रद्धेय गुरूहरू बिद्धाधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे  तथा शान्तिका लागि एसियाली बौद्ध संस्था नेपालका अध्यक्ष मैत्री भिखु ज्यू हरूको अनुकम्पावाट विस्वका सम्पूर्ण सत्व तथा प्राणी हरूको सुख शान्ति तथा निरोगीको कामनाका साथ पदयात्रा गर्नु भयो।

नृत्य गुरू हेम रत्न बज्राचार्य - चक्र वर्ण महाविहारका शिष्या धौगल निवासी विशिष्ट बज्राचार्य ले चर्या नृत्य प्रस्तुत गर्नु भै उपस्थित दर्शक हरूको मन जित्न सफल हुनु भयो।  त्यहाँ उपस्थित व्योम कुसुमा बुद्ध धर्म संघ बिशालनगर का सदस्य हरूले शान्ति दीप पदयात्रा का सहभागी हरू लाई खादा लगाई दिएर स्वागत गरिएको थियो । उक्त कार्यक्रमकी आयोजक आनि राज्य प्रभा शाक्य ज्युले  महामन्जुश्री गुम्बा तथा सम्पूर्ण पदयात्रा का सहभागी तथा साहयोगिहरुलाई धन्यवाद दिनुभयको थियो ।  

मङ्गलबार २४ माघ २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया