×

अमेरिकी कूटनीतिज्ञ नेपाल आउँदै

images

काठमाडौं । फेब्रुअरी १४ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर दुई दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् ।  उनले कूटनीति र सार्वजनिक क्षेत्र तथा विकास सहायता परियोजनासँग सम्बन्धीत छलफल गर्ने कार्यक्रम रहेको छ । 

सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा यो आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनले राजनीतिक दलका उच्च नेता, नागरिक समुदाय लगायतसँग भेट्ने छिन् ।
 

मङ्गलबार २४ माघ २०७९ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया