×

नु क्याम्पमा पाए पिकेले भावपूर्ण बिदाई

images

म्याड्रिड । बार्सिलोना लेजेन्ड जेरार्ड पिकेले शनिबार नु क्याम्पमा भावपूर्ण बिदाई पाएका छन् । उनी बार्सिलोनाको घरेलु मैदानमा अन्तिम पटक खेलिरहेका थिए र उनले अब सन्यास लिने घोषणा गरिसकेका छन् । खेलमा बार्सिलोनाले आल्मेरियालाई सजिलै २–० ले हरायो । खेलमा भने ओसमन डेम्बेलेले ४८ औं मिनेटमा पहिलो गोल गरेपछि फ्रेन्क डे जङले ६२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।   

यो जितपछि बार्सिलोना कम्तीमा एक दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको १३ खेलबाट ३४ अंक भएको छ । रियलसामु बार्सिलोनालाई उछिन्ने अवसर छ । इंग्लिस प्रिमियर लिगमा भने म्यानचेस्टर सिटी पनि कम्तीमा एक दिनका लागि शीर्ष स्थानमा उक्लेको छ र उसले फुलहमलाई २–१ ले हरायो ।

त्यसमा दस खेलाडीमा सीमित सिटीका लागि इर्लिङ हल्यान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरे । सिटीको १३ खेलबाट ३२ अंक भएको छ । अर्को मुख्य खेलमा लेस्टर सिटीले एभरटनलाई २–० ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाड्यो । लेस्टरका लागि योरी टिलेमन्सले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए र हार्भे बार्नेसले दोस्रो गोल थपे । यो जितपछि लेस्टरको १४ खेलबाट १४ अंक भएको छ र १३ औं स्थानमा उक्लेको छ । 

आइतबार​ २० कात्तिक २०७९ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया