×

भारतको प्रतिद्वन्द्वी इंग्ल्यान्ड, न्युजिल्यान्डले पाकिस्तानविरुद्ध खेल्ने

images

मेलबर्न । ट्वान्टी ट्वान्टी विश्वकप २०२२ मा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार हुने पहिलो सेमिफाइनलमा ग्रुप–१ विजेता न्युजिल्यान्डले पाकिस्तानको सामना गर्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा ग्रुप–२ विजेता भारत र इंग्ल्यान्ड भिड्ने छन् ।

ग्रुप–२ लिग चरणको समाप्तीमा भारत आठ अंकसहित शीर्ष स्थानमा रह्यो । पाकिस्तान छ अंकमा दोस्रो स्थानमा रह्यो । आइतबार लिग चरणको अन्तिम दिन नाटकीय सावित भयो र पाकिस्तानका लागि यो दिन भाग्यमानी रह्यो ।

दिनको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको थियो र त्यससँगै पाकिस्तानको भाग्य खुलेको हो । पाकिस्तानले दोस्रो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्‍यो ।

अन्तिम खेलमा भारतले जिम्बावेलाई ७१ रनले सजिलै हरायो । प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्ेरलिया र दक्षिण अफ्रिका लिग चरण पार गर्न असफल रहे । 
 

आइतबार​ २० कात्तिक २०७९ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया