×

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र प्रणवको जोडी फाइनलमा

images

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् । ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेका छन् । निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेका हुन् ।

यू-८ गर्ल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराईन् ।

यू-१० ब्वाइजमा सुजन कुइकेल र युभेन मन श्रेष्ठले फाइनलमा स्थान बनाएका छन् । यू-१० गर्ल्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरेकी छन् ।

आइतबार​ २० कात्तिक २०७९ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया