सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गयाे, एक घाइते

    images

    सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण  सुजनको घटनास्थलमै ज्यान गएको हो भने उहाँका आमा ताकमाया घाइते हुनुभएको छ ।

    माइतीघर हिँडेकी आमासँगै रहेका बालक पानी परेका कारण  घरको पेटीमा ओत लागेर बसिरहेको अवस्थामा चट्याङ परेको प्रहरी निरीक्षक माझीले बताउनुभयो ।

      बुधबार २२ असार २०७९ १२:४९ PM मा प्रकाशित

      प्रतिक्रिया