×

कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने अमेरिकाको चेतावनी

images

अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था जेपी मोर्गानले अमेरिका र युरोपले गरेको ब्यवहारमा रुसले बदला लिन चाह्यो भने कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने चेतावनी दिएको छ ।

रुसले कच्चा तेलको उत्पादन कटौती गर्ने अवस्थामा प्रति ब्यारेल तेलको मूल्य ३८० डलरसम्म पुग्ने सक्ने चेतावनी जेपी मोर्गान चेज एण्ड कम्पनीका विश्लेषकहरुले दिएका हुन् । विश्वका विकसित सात मुलुकहरुले अहिले रुसी तेलको निर्यात रोकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दवाव बढाउन खोजेका छन् । जसका कारण विश्व बजारमा इन्धनको मूल्य अकाशिएको छ ।

तर रुसी अर्थतन्त्र अहिले पनि यति बलियो छ कि उसले आफूलाई कुनै पनि क्षति नपुग्ने गरी कच्चा तेलको उत्पादन दैनिक ५० लाख ब्यारेल कटौती गर्न सक्ने जेपी मोर्गानको विश्लेषण रहेको छ । 

बुधबार २२ असार २०७९ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया