×

११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति

images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले  प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ ।

बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेड र मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ ।

त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रालि , हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालि ,माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडलाई सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।

मङ्गलबार २३ जेठ २०८० ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया