इतिहासकै खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

    images

    काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।

    एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।

    अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो । १२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए । यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा दिएको बीबीसीमा उल्लेख छ ।

    सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो । यो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो । एजेन्सी

    मङ्गलबार २३ जेठ २०८० १२:२१ PM मा प्रकाशित

    प्रतिक्रिया