×

घरदैलो कार्यक्रम : कार्यकर्तामा उमङ्ग, मतदाता फुरुङ्ग

images

आफ्नो मताधिकार प्रयोग गर्ने दिन आउन सात दिन मात्र बाँकी छ । यस अवधिमा गाउँगाउँमा चुनावी उत्सव चलेको छ । आगामी पाँच वर्षका लागि आफूलाई मन परेका उम्मेदवार जिताउन मतदाता प्रतिक्षामा छन् । निधारमा टीका, अबिर, गलामा माला र खादा लगाएका एक दर्जन उम्मेदवार पालैपाले हात हातमा पार्टीका झण्डा बोकेर कार्यकर्तासहित धिमे बाजाको तालमा आफ्ना गाउँ, टोल र घर दैलोमा आएपछि मतदाता फुरुङ्ग भएका छन् । 

एक सातादेखि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन, नेकपा (एमाले), नेपाल मजदूर किसान पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सञ्चालन गरेको घरदैलो अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने मतदातामा उत्साह छाएको छ । 

चाँगुनारायण नगरपालिकामा कांग्रेसको तर्फबाट नगर प्रमुखका प्रत्यासी जीवन खत्री दैनिक जनताको घरदैलोमा जाँदा कार्यकर्तामा उत्साह र उमङ्ग थपिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो स्थानीय सरकारको नेतृत्व छान्न दलका लागि यो महोत्सव हो, कार्यकर्तामा यतिखेर उत्साह, उमङ्ग छाएको छ, दैनिक नेता घर दैलोमा आउँदा मतदाता पनि फुरुङ्ग भएका छन् ।” 

चाँगुनारायण नगरपालिकामै एमालेबाट नगर प्रमुखको उम्मेदवार हुनुभएकी बिना वास्तोला भने आफ्नो र कार्यकर्ताको लागि यो नौलो नभएको बताउँदै प्रस्तुती भने फरक भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामी पाँच वर्ष जनताको घर दैलोमा विकास लिएर पुगेका थियौँ, हाम्रा जनता मर्दापर्दा होस्, कोरोना जस्तो महामारीमा होस्, सडक सिमाङ्कनदेखि कालोपत्र गर्दासम्म होस्, घरघरमा खानेपानी पु¥याउने सन्दर्भमा होस्, जनतासँग प्रतक्ष्य जोडिएर काम गर्दा सधै जनताको घरदैलोमा पुगेकै हौँ, तर अहिले भने जनताको घरदैलोमा जाँदा कार्यकर्ता माझ जनलहर लिएर पुगेका छौँ, त्यसैले कार्यकर्तामा मात्रै होइन, हाम्रा सबै जनतामा मतदान गर्न उत्साह र उमङ्ग थपिएको छ ।”

भक्तपुरका चारवटै नगरपालिकामा यतिखेर ठूला दलले आफ्नो घर दैलो अभियानलाई तीव्र पारेका छन् । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका ३८ वटै वडामा दैनिक फरकफरक पार्टीको ¥यालीसहितको घरदैलो हुने गरेको छ । 

मध्यपुरथिमि नगरपालिकामा कांग्रेसको घरदैलोमा सहभागि रामकृष्ण शङ्खदेवले कार्यकर्तामा उत्साह थपिएको मात्रै नभई मतदाता पनि मतदान गर्न आतुर रहेको बताउनुहुन्छ । दैनिक धिमे बाजासहित फरक दलको ¥यालीसहित भोट माग्न आउँदा भने मतदाता फुरुङ्ग रहने गरेको उहाँ बताउनुहुन्छ । 

मध्यपुरथिमि क्षेत्रमा एमालेको घरदैलोमा सहभागि सकुन्तला श्रेष्ठले भने पाँच वर्षपछि निर्वाचन आउँदा मतदातामा उमङ्ग देखिएको बताउनुभयो । उहाँ पार्टीका कार्यकर्ता, मतदातामा उत्साह, उमङ्ग र मतदानको लागि धैर्यता रहेको बताउँदै टोलटोलमा मतदाताको स्वागतले उत्साह थपिने गरेको बताउनुहुन्छ । 

वर्षौदेखि नेपाल मजदूर किसान पार्टीले एकछत्र शासन गर्दै आएको भक्तपुर नगरपालिकामा नेमकिपाको मात्रै होइन, कांग्रेस, एमाले र राप्रपाको घरदैलोले फरकपना दिएको स्थानीय श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ । अचेल सधैँ नेता आउँछन्, नमस्कार गर्दै मत मागेर जान्छन्, सबैको घोषणा पत्र हेरर चित्त बुझ्ने नेतालाई मतदान गर्ने उहाँ बताउनुहुन्छ ।

कांग्रेससहिते गठबन्धन र एमालेको घर दैलो र ¥यालीमा नाचगान पनि हुने गरेको छ । ठाउँठाउँ र चोकचोकमा कार्यकर्ता पार्टीको गीतमा नाच्ने, गाउँने गर्दा मतदातामा समेत उमङ्ग थप्ने गरेको सूर्यविनायक नगरपालिका–१ सिरुटारका प्रकाश राउत बताउनुहुन्छ । स्थानी

शुक्रबार​ २३ बैशाख २०७९ १०:४३ PM मा प्रकाशित

प्रतिक्रिया