×

जनताको असल साथी माओवादी हो : दाहाल

images

नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताउनुभएको छ । 

images

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताउनुभएको छ । भूमिहीन, दलितल...

आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गर्नुभयो । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी बलियो बन्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । 

बलिदानी पूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई सिध्याउन देशीविदेशी शक्ति लागिपरेको भन्दै उहाँले त्यसलाई जोगाउन युवाको खाँचो रहेको बताउनुभयो । लडेर मात्र हकअधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवालाई सभ्य ढङ्गले प्रतिगामीसँग लड्न उहाँले आग्रह गर्नुभयो । 

माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेको भन्दै उहाँले त्यसलाई परास्त गरेर अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो ।” त्यसलाई कदापि पूरा हुन नदिनेसमेत उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

बुधबार २३ चैत २०७८ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया