×

प्रधानमन्त्री प्रचण्डद्धारा टर्कीमा आएको भूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त

images

प्रधानमन्त्री पुष्ककमल दाहालले, टर्कीमा आएको विनासकारी भूकम्पमा परि दर्जनौको  ज्यान गएको भन्दै दुख व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले भूकम्पमा परि ज्यान गुमाउने घटनाप्रति दुख व्यक्तगर्दै नेपाल सरकारको तर्फबाट मृतकमा श्रद्धासुमन तथा शोकसन्तप्त परिवारमा समवेदन प्रकट गरेका हुन् ।

फेसबुकमा उनले लेखेका छनर्् टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’


टर्कीको दक्षिणी भागको सरयिनि सीमा नजिकै ७ दशमलव ८  म्याग्नेच्युडको भूकम्प गएपछि टर्की र सिरियामा भौतिक संरचना भत्किएर कम्तिमा ४ सयको ज्यान गएको छ । टर्की र सिरयाका अधिकारीलाई उद्धतगर्दै बीबीसले जनाएअनुसार यो संख्या अझै बढ्ने आशंका छ ।

भूकम्पको धक्का टर्की सिरिया, लेवनन, साइप्रस तथा इजरेलका लाखौं मानिसले महसुस गरेका थिए । यसैबीच टर्की सरकारले मुलुकमा राष्ट्रिय आपतकालको घोषणा गरेको छ । 
 

सोमबार २३ माघ २०७९ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया