जिन्दगी अर्कैले हल्लएको पीङ जस्तै भयो
कहिले सरर कहिले जोल्टिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~
तन मन धन सबै खर्चेर लगाएको
माया
नउड्ने जहाजको टिकट बुकिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~~
न टुटेको न आफ्नो भन्न मिल्ने हाम्रो सम्बन्ध
अर्कैले बैना गरेको जग्गा प्लटिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~~
हेरेर मात्रै बुझ्ने हरुका लागि यो
जिबन
हेर्दा काठमाडौ भोग्दा धादिङ जस्तै
भयो।।
~~~~~~~~~~~~~~~~~~
छुन टिप्न नमिल्ने फुलजस्तो तिम्रो जवानी
मेरा लागि गैडाको अमुल्य सिङ जस्तै भयो।।
प्रतिक्रिया