पहिराेमा परेर सुर्खेतमा एक जनाकाे ज्यान गयाे

    images

    पञ्चपुरी नगरपालिका वडा नं ७ डौरी खोलामा पहिरोमा परेर एक जनाको ज्यान गएकाे छ ।  

    जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेर अछाम तुर्माखाँद गाउँपालिका ६ रानीवनकी ७५ वर्षीया अमृता जैशीको ज्यान गएकाे हाे । 

    पहिराेमा परेर त्यही ठाउँकी रती कामी घाइते हुनुभएकाे र उहाँको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

    रतीको टाउको, निधार र हातमा चोट लागेको छ । अछामबाट कैलाली जाने क्रममा उनीहरू पहिरोमा परेको बताइएको छ । 

      मङ्गलबार २१ असार २०७९ ०५:०० PM मा प्रकाशित

      प्रतिक्रिया