×

प्रधानमन्त्री भारतबाट "भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा

images

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीमाथि सांसदहरुले अमर्यादित शब्द प्रयोग गरेको भन्दै संसदको रेकर्डबाट हटाइएको छ। ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए ।  हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले नियमापत्ति जनाए । 

संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भारतबाट ‘भैंसी’ ल्याउने कुरा सात वर्षअघिकै रहेको प्रष्टीकरण दिए । तर, आफूलाई जोडेर मजाक बनाइएको गुनासो गरे ।

प्रचण्डले ल्याउने कुरा सात वर्षअघिकै रहेको प्रष्टीकरण दिए । तर, आफूलाई जोडेर मजाक बनाइएको गुनासो गरे ।

प्रचण्डले भनेका थिए, ‘भैंसीको कुरा अहिले भएको होइन । सात वर्षअघि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो । सात वर्षअघिको रहेछ मुर्रा भैंसी । (हाँस्दै) मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हाँसो गुञ्जिएको थियो । त्यसपछि सांसदहरुले भैंसी होइन, राँगा राँगा भन्दै सम्झाए । प्रधानमन्त्रीले पनि भने, ‘राँगा, राँगा, नै हो । मुर्रा हो मुर्रा ।’

जुन कुरा प्रधानमन्त्रीले बोल्दा रमाइलो माहोल भयो, त्यही कुरा प्रतिपक्षी सांसदले बोल्दा भने हंगामा गरियो । रास्वपाका सांसद शिशिर खनालको अभिव्यक्ति रेकर्डबाटै हटाउन माओवादी सांसदहरुले माग गरे ।  

त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए। विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। 

एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए।  त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

सोमबार २२ जेठ २०८० ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया