काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव रेवती रमण पौडेलले कृषि वनको विकास गर्न प्रस्ताव राखेको छन् ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले जनावरहरुको राज्य जङगल क्षेत्रलाई मानिसले अतिक्रमण गर्दा मानिस र
जनावरबिच द्वोन्द पैदा हुने भएकाले जनावरको लागि कृषि वनको विकास गर्नु पर्ने प्रस्ताव राखेका हुन् ।
उनले भने ‘जङ्गलको क्षेत्रहरू जनावरको राज्य थियो बिस्तारै यसलाई हामीले अतिक्रमन गरेर हाम्रो राज्य बनायौँ र उनीहरूलाई प्रतिस्थापन गर्यो त्यसैले कहिलेकाहीँ
उनीहरू र हामी बीच द्वोन्द सृजना हुन्छ । पश्चिम देखि उत्तर दक्षिणसम्म कृषि वनको विकास गर्नुपर्छ । त्यसैले जनावरलाई आवात जावत गर्न सजिलो हुन्छ ।’
उनले कच्चा जडीबुटीहरूलाई प्रशोधन गर्ने र काठको आयातलाई घटाए अगाडि बढ्नुपर्नेमा जोड दिए ।
हाम्रो राष्ट्रिय निकुञ्जलाई विश्वमा पहिचान ल्याएर पर्यटकहरूलाई आकर्षित गर्न वन जङ्गलको क्षेत्र विस्तार गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया