×

ट्रम्पलाई अदालतको चेतावनी, भड्काउने अभिव्यक्ति नदेऊ 

images

 अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकासँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झूटा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित भएका उनले ती अभियोगहरूमा आफू दोषी नरहेको प्रतिरक्षा गरेका छन् । ट्रम्पलाई आफ्ना समर्थकहरूलाई भड्काउने खालका अभिव्यक्ति नदिन पनि अदालतले चेतावनी दिएको छ ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । (एजेन्सी)

बुधबार २२ चैत २०७९ ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया