एकैदिन दुईवटा भूकम्पको धक्का 

    images

     

    काठमाडौं । नेपालमा आज एकै दिन दुई छुट्टा छुटै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान काभ्रे र अछाममा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प

    मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

    तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ दशमल ३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । 
     

    आइतबार​ २१ फागुन २०७९ ०१:०४ PM मा प्रकाशित

    प्रतिक्रिया