×

अधिकांश अमेरिकी बन्दुक मालिकले बन्दुक अनलक राख्छन् : फोर्ब्स

images

प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैँ तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ। फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशन गरेको अध्ययन प्रतिवेदनअनुसार आपत्‌कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ। 

करिब दुई हजार हतियार मालिकले कसरी उनीहरूले आफ्ना हतियार भण्डारण गर्छन् भन्नेबारे गरिएको सर्वेक्षणअनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकले कम्तीमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने गरेको पाइएको छ।

आइतबार​ २१ फागुन २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया