काठमाडौं । केही समयअघि प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तको बैवाहिक जीवन राम्रो चलिरहेको छैन ।
आमाको मृत्युले भावविह्वल बनेकी राखीको डिभोर्सकोे कुरा सामाजिक सञ्जालमा आईरहेको छ । राखी आफैंले पनि सञ्चारमाध्यमसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन् ।
राखीका अनुसार आदिलको अफेयरकै कारण विवाहलाई अस्वीकार गरेका र आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन् ।
‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु ।
मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ । ’
राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ’बिग बोस १५’ मा एकसाथ देखिएका थिए । शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो ।
प्रतिक्रिया