×

नेमकिपा निर्वाचनमा भाग लिन्छ : बिजुक्छे

images

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताउनुभएको छ । नेमकिपाको केन्द्रीय समितिको बैठकमा उहाँले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाउनुभयो ।

 सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिनुभयो ।
    
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोलि चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्लाका अध्यक्ष, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका पदाधिकारीको सहभागिता छ ।

आइतबार​ १९ भदौ २०७९ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया