×

पाकिस्तानको आश्रय शिविरहरूमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

images

पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा  बस्न बाध्य  छन् ।  स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क  सार्वजनिक गरेकी हुन् । उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् ।

सो प्रान्तमा  १३४, ०००भन्दा बढी झाडापखाला र ४४,००० मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ । गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष,  यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६५०,००० गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३,००० जना यस महिनामा सुत्केरी हुन लागेको   उल्लेख  जनाएको छ।  बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् भने १०० भन्दा बढी सर्पदंश र ५०० भन्दाबढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले  उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैङ्गिक-आधारित हिंसाको बढ्दो जोखिममा  रहन सक्ने चेतावनी  जारी गरेको छ ।  किनकि बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका  छन् र  विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।  पाकिस्तानले यस वर्ष अभूतपूर्व बाढीको सामना गरेको छ जसले देशका करिब  तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ  भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ। स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन्। त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ । 

आइतबार​ १९ भदौ २०७९ १०:४० PM मा प्रकाशित

प्रतिक्रिया