×

 ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले सुरक्षाको ग्यारेन्टीको माग

images

काठमाडौं ।  ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्किन नसक्ने बताएका छन्। मंगलबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर उनीहरुले आफूहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन्।

प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगेका ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले अहिलेकै अवस्थामा अदालत फर्किएर काम गर्न नसकिने बताएका छन्। ‘हामीले सम्माननीय प्रधानन्यायाधीशज्यूलाई भेटेर सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छौं। सुरक्षाको ग्यारेन्टी नहुँदासम्म, अहिलेकै अवस्थामा काममा जान सकिँदैन भनेर पनि ध्यानाकर्षण गरायौं,’ सर्वोच्च अदालत परिसरमा भेटिएका ललितपुर जिल्ला अदालतका एक कर्मचारीले भने।
 

मङ्गलबार १९ असार २०८० ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया