×

जैन धर्मका २४ औँ जन्मोत्सव मनाइयो

images

 
काठमाडौं । नेपाल जैन परिषद्ले, जैन धर्मका २४ औँ तीर्थङ्कर भगवान् महावीर स्वामीको २६२२ औँ जन्मोत्सवको मनाएको छ । 

काठमाडौँमा विशेष कार्यक्रम आयोजना गर्दै परिषद्ले, अहिंसा र शान्तिका प्रवर्तक, भगवान् महावीरको स्मरण गरेको हो । 
जन्मोत्सव कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले महावीरको सिद्धान्त र विचारहरू आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । उनले  आजको संसारलाई खुसी बनाउन महावीरको सिद्धान्तले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘ भगवानको सिद्धान्त र विचारहरू आजको समयमा झन सान्दर्भिक भएको छ, आज संसारलाई खुसी बनाउन भगवानको सिद्धान्त समाधानको उपाय भन्ने देखिन्छ । महावीर एवम् आचार्यहरूको जन्म भएको हुनाले हामी नेपाली आफूलाई गौरवान्वित ठान्छौ ।’

धर्म भनेको अरूलाई खुसी पार्नु, ध्यान, योगमात्रै गर्नु नभएको भन्दै भाव र चरित्र शुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन नसक्ने उनको भनाई छ ।   
उनले सबै धर्मको उद्देश्य एउटै भएको भन्दै धर्मले नीति, नियम र प्रक्रियालाई अनुशासित बनाउने बताए । 
 

मङ्गलबार २१ चैत २०७९ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया