काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको गृहमन्त्रालयबारे कुरा भइरहेको र उनीहरुको समस्या समाधान हुने विश्वास दिलाएका छन्।
शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको माग बारे कुरा भइरहेको र उनीहरुको समस्या समाधान हुने बताएका हुन्। उनले भने, ‘कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहेका छन् । तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।
प्रतिक्रिया