×

पाँचथरमा भिषण आगलागीः दुई जनाको मृत्यु, दुई घाइते

images

काठमाडौं। पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् ।

स्थानीय मेघबहादुर गुरुङको घरमा भएको आगलागीमा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को मृत्यु भएको छ ।

आगलागीबाट ५५ वर्षीय मेघबहादुर र उनका २५ वर्षीय छोरा विजेन्द्र गुरुङ घाइते भएका छन् ।घटनामा ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ 

बुधबार २० पुस २०७९ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया