त्रीशुली समाज युएई द्वारा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण  

    images

    फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता 

     युएई लाई कर्म थलो बनाई विभिन्न पेशा र व्यवसाय गर्दै आउनु भएका नुवाकोट जिल्लाका त्रीशुली निवासी हरु को सामाजिक संस्था त्रीशुली समाज , युएईले हरेक वर्ष नुवाकोट जिल्ला भित्र रहेका विभिन्न सामुदायिक र आधारभूत विद्यालय हरु मा अध्ययनरत  जेहेन्दार विपन्न वर्ग , अपांग दलित र बेसहारा बालबालिका हरु लाई शैक्षिक सामाग्री लत्ताकपडा हरु वितरण गर्दै आएको छ।

    यो वर्ष पनि किस्पाङ्ग गाउपालिका भित्र रहेका ६ वटा सामुदायिक र आधारभूत विद्यालयहरुलाई  त्रिशुली समाज युएई का अध्यक्ष लोकेन च्याङ्बा तामाङले आगामीदिनहरूमा पनि सामाजिककार्य हरु लाई निरंतरता दिइरहने जानकारी युएई संवाददाता लाई बताउनु भयो।

    १) ऐसेलु भुमे माध्यमिक बिद्यालय
    २) ज्योती आधारभुत विद्यालय
    ३)जल्जु खोला माध्यमिक बिद्यालय
    ४)महादेव प्राथमिक विद्यालय
    ५)सिम्राङ चौर आधारभुत बिद्यालय
    ६) पन्चलिङ्गे माध्यमिक बिद्यालय  मा अध्ययनरत १४१ जना अति विपन्न वर्ग , दलित , अपांग र बेसहारा छात्रछात्रा हरु लाई 
    १ लाख पचास हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको हो। 


     

    बुधबार २० पुस २०७९ ०३:३४ PM मा प्रकाशित

    प्रतिक्रिया