×

वर्षाले प्रभावित खेलमा पाकिस्तान विजयी

images

सिड्नी । पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–२ को महत्त्वपूर्ण खेलमा बिहीबार दक्षिण अफ्रिकालाई ३३ रनले हराएको छ । यसले सेमिफाइनल समीकरण रोमाञ्चक बनाएको छ । खेल वर्षाले प्रभावित भएपछि पाकिस्तानको जित डकवर्थ लेविस नियम अनुसार भएको हो । यो जितपछि पाकिस्तानको चार खेलबाट चार अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

लिग तालिकामा भारतको छ र दक्षिण अफ्रिकाको पाँच अंक छ । बंगलादेश समान चार अंकमा चौथो स्थानमा झरेको छ । अब दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ भने पाकिस्तानको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ । यस्तै शीर्ष स्थानको भारतले जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ ।  
वर्षाले खेल प्रभावित भएपछि प्रतिस्पर्धा १४ ओभरमा छोट्याइएको थियो र जितका लागि १ सय ४२ रनको लक्ष्य निर्धारण गरिएको थियो । त्यसलाई पछ्याउने क्रममा दक्षिण अफ्रिकाले नौ विकेट गुमाएर १ सय ८ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नौ विकेटमा १ सय ८५ रन बनाएको थियो । पाकिस्तानका लागि इफ्टिखर अहमदले ५१, मोहम्मद नवाजले २८ र सदब खानले ५२ रन बनाए । 

बिहीबार १७ कात्तिक २०७९ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया