×

आज वर्षाको सम्भावना

images

काठमाडौं, भदौ १७ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

आइतबार​ १७ भदौ २०८० ०७:१० AM मा प्रकाशित

प्रतिक्रिया