×

भावनाले मात्रै परिणाम आउँदैन : प्रवक्ता महत

images

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताउनुभएको छ । कांग्रेस  चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ  आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उहाँले गठबन्धनको रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताउनुभयो ।

नेता महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने  बताउनुभयो । पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उहाँको भनाइ थियो । आगामी मङ्सिरमा प्रदेश र सङ्घको निर्वाचन हुने भन्दै उहाँले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्य दिनेश कोइरालालेकांग्रेसस एक हुन जरुरी रहेको बताउनुभयो । उहाँले कांग्रेसले हा¥यो भने देशले पनि हार्ने बताउनुभयो ।

कांग्रेसस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उद्योग वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य विजय भुसाल क्षेत्रीय सभापति किरणभूषाण ओली, भरतपुर माहानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगर उपप्रमुख खेमप्रसाद महत्तो लगायतले निर्वाचनमा एकातावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

शुक्रबार​ २० जेठ २०७९ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया