×

भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

images

भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । 

षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी भोजपुर नगरपालिकामा रु ४६ करोड ४९ लाख, अरुण गाउँपालिकामा रु ३१ करोड आठ लाख, आमचोक गाउँपालिकामा रु ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा रु ३८ करोड ६६ लाख बजेट आएको छ । 

पौवादुङमा गाउँपालिकामा रु ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा रु ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा रु २९ करोड ८२ लाख बजेट विनियोजन गरेको हो । अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भए पनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सबै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । 

देशभरका स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत रु एक खर्ब २३ करोड बजेट पाएका छन् । सःशर्त अनुदानतर्फ स्थानीय तहले रु एक खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई रु सात अर्ब २७ करोड बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई रु नौ अर्ब १४ करोड विनियोजन भएको छ ।

शुक्रबार​ २० जेठ २०७९ १०:५४ PM मा प्रकाशित

प्रतिक्रिया