एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध अदालतद्वारा पक्राउ पुर्जी जारी

    images

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले आज(बुधबार)मात्रै पक्राउ पुर्जी जारी गरेका एमाले सचिव टोपबहादुर रायमाझी सो बेला अर्घाखाँचीमा एक कार्यक्रमको अतिथि रहेका थिए।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि नेता रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

    पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा अतिथि बनेर सहभागी भएका थिए।

    कार्यक्रमपछि स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै रायमाझीले सो बारे भर्खरै सुनेको र आफूलाई आश्चर्य लागि रहेको बताएका छन्। उनले भने, ‘मैले पनि त्या सुने। मलाई पनि त्यति थाहा छैन।

    मलाई पनि आश्चर्य लागि रहेको छ। जा सम्म यो भुटानी शरणार्थीको नाममा गैर भुटानीहरुलाई बिदेश लाने भन्ने कुरामा मेरो समर्थनपनि छैन। संल्गनतापनि छैन। रहनेपनि छैन।’

    बुधबार २० बैशाख २०८० ०८:२९ PM मा प्रकाशित

    प्रतिक्रिया