×

लोमान्थाङ गाउँपालीका वडा नं २ को अध्यक्ष पदमा कर्म नाम्ङग्यलको उम्मेदवारी

images

काठमाडौँ  । मुस्ताङको लोमान्थाङ गाउँपालीकाका युवा नेता कर्म नाम्ङग्यल गुरुङ त्यहाँको वडा नं २ छोसेर मुस्ताङका वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ् । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर उहाँ वडा अध्यक्ष पदमा उम्मेदवार हुनुभएको हो । 

कोन्छोक लिङ युवा क्लवको अध्यक्ष रही उहाँले समाज सेवा गर्दै आईरहनुभएको थियो । क्लवमा अध्यक्ष हुदाँ उहाँले समाजका लागी खानेपानी,खेलकुद, धार्मीक लगाएत जनजिविकाको सवालमा योगदान पुर्राउदै आउनुभएको थियो । 

काठमाडौको विश्व विद्ययालयबाट बुद्ध धर्ममा स्नातक तहसम्म अध्यन गर्नुभएका कर्म नाम्ङग्यल गुरुङ स्थानिय जनतामा चिरपरिचित ब्यक्तित्व हुनुुहुन्छ् । बुद्ध धर्ममा स्नातक गरेपछि उहाँले बुद्ध धर्मबारे बिभिन्न प्रचारप्रसारका साथै गुम्वा विहारमा भएको समस्या र त्यसको समधान गर्ने बारेपनि योजना प्रस्तुत गर्दै आउनुभएको छ् । 

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा नं २ को बिकासको लागी जनतासंग प्रत्यक्ष सरोकार रहेका बिषय खानेपानी, बाटोघाटो, बिजुली बत्ती, धार्मीक, सास्कृतीक,स्वास्थ्य र खेलकुद क्षेत्रमा बिकास गर्ने उहाँले बताउनुभयो । गरीब जनताको लागी स्वरोजगार बनाउन पर्यटन उधोग, तालीम प्रशिक्षण गर्ने योजना रहेको बताउदैँ त्यसमा जनताको साथ र सहयोग आवस्यक रहेको बताउनुभयो । 

दुर्गम गाउँलाई बिकास मार्फत सुगम बनाउने लक्ष्य रहेकाले यस पटकको निर्वाचनमा जनताले अत्याधिक मतले बिजयी बनाउने आसा उहाँले ब्यक्त गर्नभयो । युवा नेता कर्म नाम्ङग्यल गुरुङ नबोदित युवा नेताको रुपमा छोसेर मुस्ताङका जनताहरुको बिकासको लागी आसा र भरोसको ब्यक्ती मानिनुहुन्छ् । 

मङ्गलबार २० बैशाख २०७९ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया