×

ललितपुरस्थित महिन्द्रको सर्भिस सेन्टरमा आगलागि 

images


काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्रा आटोको सर्भिस सेन्टरमा सोमवार  बिहान आगलागि भएको  छ । आगलागिका कारण ७ वटा गाडी, ३ वटा मोटर साइकल र ३ वटा स्कुटर जलेर नष्ट भएका छन् । 

प्रहरीका अनुसार आगो बिहान ४ः४७ मा लागेको थियो भने ५ः१७ मा नियन्त्रणमा आएको थियो । आगलागि विद्युत सर्टका कारण हुन सक्ने जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले बताए । 

उनले भने,‘सर्भिस सेन्टरमा इलेक्टि चार्चर रहेछ । त्यसमा मोटर साइकल चार्च गर्न राखिएको रहेछ । त्यहीँबाट अचानक धुँवा आएको जस्तो देखिन्छ । आगो पनि त्यहीँबाट

सल्किएको प्रारम्भिक जानकारीमा आएको छ । खास कारण त अनुसन्धान पछि नै खुल्ला ।’प्रहरीका अनुसार क्षतिको विवरण भने आइसकेको छैन । 

 

सोमबार २० चैत २०७९ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया