×

बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

images


काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।  

यही फागुन २५ गते हुने निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको हो ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

शुक्रबार​ १९ फागुन २०७९ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया