बाटो छेउको सिक्रीमा खिक्रिक्क सुकेर हल्ली रहेको फूलको मालाले भन्योः ‘धागो,तिमी म जस्तै अभागी रहेछौ । सियोले गर्दा मलाई बोकेर झुण्डिन विवश छौं ।’
‘हो फूल दाइ,सियोले मलाई पुच्छर बनाएर तपाईहरुलाई दुखाउँदै माला बनायो ।
विविधतामा एकता भन्यो । मलाई चुँडेर मिझारनीको झुम्के थैलीमा बस्यो । बिचरा मिझारले आफ्नो पार्टीको महान अगुवा नेता भन्दै डल्लेलाई बोकाईदियो हामीलाई । डल्लेले जीतको धङ्धड्डीमा हामीलाई यहाँ फ्याकिदियो ।’
‘म पनि यहाँ फ्याकिएँ ।’ चौतारोको ढुड्डोमा छरिएको अबिर थर्थरायो ।
‘म पनि यहाँ झुण्डिन विवश छु ।’ अलिक पर सुकेको रुदिलोमा अट्केर हावाको प्रहार खाइरहेको फुड्ड रङ उडेका खादा सुक्सुकायो ।
‘यद्यपी हामीले दुख पाएपनि देशले इमान्दार डल्ले पायो ।’ फूलले दुख्या छातीलाई मिच्दै भन्यो ।
थुप्रै समयको साक्षी बनेको पीपल भावुक बन्यो । बिचरा ती स्वस्तिक छाप हान्ने फूल र खादा पहिराएर अबिरको फागु खेल्ने निम्छरा हातहरु तथा गाउँ,जिल्ला र देश बनाउँछ भनेर पठाएका मनहरु आज पछुताई रहेका छन् ।
‘किन पीपल दाइ ?’ भनेर सबै एकै स्वरले कराए ।
पीपल मौन बस्यो ।
फेरि सबैले सोधे ।
पीपलले रुन्चे स्वरले भन्यो ‘‘देश बनाउन गाको डल्ले त केन्द्रमा श्रीमतीको नाममा घर बनाउदै पो छ अरे ।’
प्रतिक्रिया