दोलखामा माओवादी केन्द्रका गंगा कार्की १ हजार ४०७ मतले अग्रता

    images

    काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।

    साथै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।


     

    शुक्रबार​ १६ मंसिर २०७९ ०८:१८ AM मा प्रकाशित

    प्रतिक्रिया