हेटौंडा। नेपाली कांग्रेसका तर्फबाट बागमति प्रदेश सदस्यमा सबै नयाँ अनुहार आउने भएका छन् ।
यसअघि समानुपातिकबाट सांसद् भएकाको नामसमेत बन्दसूचीमा समावेश नगरेका कारण प्रदेशमा समानुपातिक पद्धतिबाट छानिने कांग्रेसका सबै सदस्य नयाँ हुने भएका छन् ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गर्नुभएको छ ।
यसअघि आलो–पालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उहाँ मुख्यमन्त्री बन्नबाट बञ्चित हुनुभएको थियो । जसका कारण यसपटक उहाँलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया